arin enterprises

आगलागीमा ९ लाख बढिको जलेर नष्ट

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २०, मंगलबार

ओखलढुङ्गामा एउटा घरमा आगलागी हुँदा ९ लाख बढिको धनमाल जलेर नष्ट भएको छ ।

चिसंखुगडी गाउँपालिका–८ बस्ने कुमार राईको घरमा आगलागी हुँदा नगद ५० हजारसहित करीब ९ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

अनुसन्धानमा करेन्ट सर्ट आगलागी भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय वासिन्दा मिलेर आगलागी नियन्त्रणमा लिइएको थियो ।

घटनास्थलमा विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी टोली खटिएको थियो ।

Categorized in समाज