समानुपातिकमा एमाले अगाडी
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ मङ्सिर १२, सोमबार

गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनको प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फको मतगणनामा हालसम्म नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । हालसम्म नेकपा –एमाले) ले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ ।
त्यसैगरी २४ लाख ७५६ मतसहित नेपाली काँग्रेस दोश्रो स्थानमा रहेको छ ।
केही समय अगाडीसम्म चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) भने अहिले तेश्रो स्थानमा उक्लिएको छ । माओवादी केन्द्रले हालसम्म १० लाख ६६ हजार ८३३ मत प्राप्त गरेको छ ।
यसै आम निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १० लाख माथि मत पाइसकेको छ ।
हालसम्मको मतगणना अनुसार रास्वपाले १० लाख ६३ हजार ५१३ मत पाएको छ ।
३ लाखको थ्रेस होल्ड कटाउने दल अहिलेसम्म ६ वटा पुगेको छ । थ्रेस होल्ड पार गर्ने अन्य दुई दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेको छ । राप्रपाले ५ लाख ४५ हजार ६०९ मत पाएको छ भने ३ लाख २९ हजार ८९० मतसहित जसपा छैठौं स्थानमा रहेको छ ।
प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ हालसम्म जम्मा १७ लाख ८ हजार ३८० मतगणना भइसकेको छ ।
Categorized in राजनीति