क्याननको नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक
SamacharDesk | २०८० जेठ २८, आइतबार

क्याननले हालै आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको छ ।
जापानमा आयोजित ‘फोटो नेक्स्ट २०२३ सो’ नामक कार्यक्रममा जापानी क्यामेरा कम्पनी क्याननले आफ्नो नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो ।
यो क्यामेरा १८० र ३६० दुवै डिग्रीमा फोटो खिच्नसक्छ । यी क्यामेरालाई क्याननले अहिले नै कुनै नाम भने दिइसकेको छैन ।
कम्पनीले यसको प्रोटोटाइप प्रदर्शनीमा राखे पनि यसको फिचरहरूको विषयमा भने धेरै जानकारी दिएको छैन ।
यो विश्वबजारमा कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले अहिले नै आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन ।
यस्तै बजारमा क्याननलाई नयाँ प्रविधि अंगाल्न नसकेको कम्पनीको रुपमा आलोचना गरिँदै आएको बेला क्याननले आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो ।
Categorized in बिजनेस