युरोकपका लागि पोर्चुगलको राष्ट्रिय टिम घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ७, शुक्रबार

युरोकपका लागि पोर्चुगलको राष्ट्रिय टिमको घोषणा गरेको छ ।
युरोकपका लागि बिहीबार पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
पोर्चुगलले ३ जना गोलकिपर, ७ जना डिफेन्डर,९ जना मिडफिल्डर र रोनाल्डोसहित सात फरवार्डलाई टिममा राखेको छ ।
साविक विजेता पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ । पोर्चुगल रहेको समूह ‘एफ’ मा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ । यस्तै पोर्चुगलले पहिलो खेल हंगेरीसँग खेल्नेछ ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
पोर्चुगलको राष्ट्रिय टिम :
गोलकिपर: रुई पेट्रीसियो, एंथनी लोप्स, रुई सिल्भा
डिफेन्डर : जोआव क्यानसेलो,नेल्सन सेमेडो , जोसे फोन्टे, रुबेन डियस, पेपे,नुनो मेंडेस र राफाएल गुरेरो
मिडफिल्डर: डककनिलो परेरा, जोओ पालहिन्हा, रुबेन नेभेस, जोओ मुउतिन्हो, रेनाटो सान्चेस,ब्रुनो फर्नांडीस,सर्जियो ओलिवेरा, विलियम कार्भालो र बर्नाडो सिल्भा
फरवार्ड: क्रिस्टियानो रोनाल्डो, डायोगो जोता,राफा सिल्भा,आन्द्रे सिल्भा, जोओ फेलिक्स, गोन्कालो ग्वेडेस र पेद्रो गोंसावेस
Categorized in स्पाेर्ट्स
