पीएसजी अन्तिम ८ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २३, बुधबार

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगकोे अन्तिम ८ मा प्रवेश गरेको छ ।
मंगलबार राति पीएसजीले स्पेनीस क्लब रियल सोसिडाडलाई समग्रमा ४–१ ले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो ।
पहिलो लेगमा २–०ले अघि रहेको पीएसजीले दोस्रो लेगको खेल २–१ ले जित्यो ।
एनोएटामा भएको दोस्रो लेगको खेलमा पाहुना टोलीको लागि दुवै गोल एम्बाप्पेले गरे ।
उनले खेलको १५ औं र ५६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाएका थिए ।
खेल सकिन एक मिनेट बाँकी छदाँ मिरिनोले सोसिडाडका लागि एक गोल फर्काए ।
क्वार्टरफाइनलको ड्र मार्च १५ मा हुनेछ ।
Categorized in स्पाेर्ट्स