arin enterprises

पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ६, बिहिबार

 पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा पीएसजीले मोनाकोलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले १९ औं मिनेटमा र केलियन एमबाप्पेले ८१ औं मिनेटमा अर्को गोल गरे ।

यो जितसँगै पिएसजीले पछिल्लो सात सिजनमा छैटौं पटक कपको उपाधि जितेको छ भने समग्रमा उसले १४ औं पटक फ्रेन्च कपको उपाधि जितेको छ ।

यस्तै मोनाकोको भने छैटौं पटका उपाधि जित्ने सपना अधुरो बनेको छ ।

Categorized in स्पाेर्ट्स