सजिललाई न्याय दिन माग गर्दै ललितपुरमा जनप्रदर्शन : फोटो फिचर
पुल्चोकस्थित स्क्वाएर होटलको स्वीमिङ पुलमा बेहोस भई हालसम्म पनि कोमामा रहेका सजिलमान शाक्यलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापनपत्र बुझाइएको छ ।
सजिल मान शाक्यको लागि संघर्ष समिति ललितपुरले आज पाटनमा मौन जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र लिँदै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले यस सम्वन्धमा आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।
यस अघि मुखमा कालो पट्टि बाँधि मंगलबजारबाट सुरू गरिएको मौन जुलुस टंगल हुँदै कुमारीपाटि, मानभवन भई सिडिओ कार्यालय पुगेको थियो । सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाइ सकेपछि फेरी जुलुस जावलाखेल हुँदै पुल्चोकस्थित स्क्वाएर होटलमा पुगेको थियो ।
गत भदौ १५ गते मानभवन निवासी शाक्य होटल स्क्वाएरमा स्विमिङ गर्दै गर्दा एक्कासी बेहोस भएका थिए भने उनी हालसम्म उनी कोमामा छन् ।
हेर्नुहोस् समाचार डेस्कका फोटो सम्पादक आकाश राजोपाध्यायले खिचेको जनप्रदर्शनका फोटोहरु ।
पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोला : सजिललाई न्याय दिन माग गर्दै ललितपुरमा जनप्रदर्शन
