जनजाति चलचित्र महासंघमा राईको नेतृत्व
SamacharDesk – बिराज | २०७९ पौष ३, आइतबार

आदिवासी जनजाति चलचित्र महासंघमा पुर्खाजित राई नयाँ अध्यक्ष चुनिएका छन् । काठमाडौंमा आईतबार सम्पन्न महासंघको पाँचौ महाधिवेशनले राईलाई सर्वसम्मतिमा नयाँ अध्यक्ष चयन गरेको हो ।
अध्यक्षमा निर्वाचित भएसँगै समाचारडेस्कसँग कुरा गर्दै अध्यक्ष राईले आदिवासी जनजाति चलचित्रकर्मीहरुको हक, अधिकारको लागि आफु अझ सशक्त ढङ्गले अघि बढ्ने बताए ।
अघिल्लाे कार्यसमितिमा राई महासचिव थिए ।
पाँचौं महाधिवेशनले राईसहित १० जना पदाधिकारीहरु सर्वसम्मत चयन गरेको हो ।
महासंघको नवनिर्वाचित कार्यसमितिको चार जना उपाध्यक्षमा छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी रहेका छन् ।
महासचिवको जिम्मेवारी होमकुमारी माझीले पाएकी छन् । कोपाध्यक्षमा विपना भुजेल चुनिएकी छन् भने सचिवद्वयमा अर्बिन विश्वास राजवंशी र गणेश थामी, सह कोषाध्यक्षमा सविता धिमाल सर्वसम्मतिमा निर्वाचित भएका छन् ।
यस अघि महाधिवेशनको उद्घाटन सत्र शनिबार नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको थियो ।
Categorized in पेजथ्री