arin enterprises

रवि लामिछाने मन्त्री तथा सांसदबाट मुक्त

SamacharDesk | २०७९ माघ १३, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रबि लामिछानेको सांसद पद खारेज भएको छ ।

आज सर्वाेच्चले गरेको फैसलापछि उनी नेपालको नागरिक हो भन्ने पुष्टि नभएको ठहर गरेको छ ।

उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको शुक्रबारको फैसलासँगै गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ ।

लामिछाने अब उपप्रधान तथा गृहमन्त्रीको पदलगायत सांसद पदबाट समेत मुक्त भएको छ । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले राजीनामा बुझाएका छन् ।

उनी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

Categorized in राजनीति