arin enterprises

रवी लामिछाने दोस्रो पटक भारी मतले विजयी

SamacharDesk | २०८० बैशाख १२, मंगलबार

चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ ।

लामिछानेले अघिल्लो चुनाव भन्दा बढी ५४ हजार १७५ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी हुनुभएको हो । उहाँले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्नु भएको हो ।

नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याउनु भएको थियो ।

जितनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याउनु भएको छ । भारी मतले विजयी भएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै मुलुकमा सुशासनको एजेन्डामा टेकेर समृद्धि  ल्याउने बताएका छन् ।

जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा रहने उनले बताए । सभापति लामिछानेले अहिलेको सरकारलाई दिएको विश्वासको मतका बारेमा सोचेर सल्लाह गरेर पुनर्विचार गर्ने बताए ।

Categorized in राजनीति