पूर्व अध्यक्ष मिश्र आज राप्रपा प्रवेश गर्दै
SamacharDesk | २०७९ आश्विन १२, बुधबार

बीबीसीको जागिर छाडेर राजनीतिमा आएका पूर्व अध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने भएका छन् ।
२०७४ सालको चुनाव अघि साझा पार्टी गठन गरेर राजनीतिमा होमिएका मिश्र आन्तरिक कलहका कारण केही समय अगाडि पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रिय सभागृहमा दिउँसो एक बजे आयोजना हुने कार्यक्रमबाट मिश्र र विवेकशील साझाको एउटा समूह राप्रपामा प्रवेश गर्ने छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’ बीच आज एकता घोषणा हुने जानकारी दिनुभएको हो ।
मिश्रलाई राप्रपाले उपाध्यक्ष पद दिने बताइएको छ । तर उपाध्यक्षहरुको बरियतामा उनी तेस्रो नम्बर रहने बताइएको छ ।
तर पछिल्लो समय उनले संवैधानिक राजसंस्था, संघीयता खारेजी र हिन्दू–वौद्ध राष्ट्रको विचार अघि सार्दै आएका छन् ।
Categorized in राजनीति