arin enterprises

राहुल गान्धीलाई दुईवर्ष जेल सजाय

SamacharDesk | २०७९ चैत्र ९, बिहिबार

भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

बिहीबार जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय संचार माध्यमहरुले जनाएको छ ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए ।

उनले एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्दै ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

गान्धीको यस अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मानहानी मुद्दा हालेका थिए ।

उनलाई तत्कालका लागि धरौटीमा छोडेको छ । यस्तै सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ । 

Categorized in अन्तर्राष्ट्रिय