राहुल महरा सीआईबीको नियन्त्रणमा
SamacharDesk | २०८० भाद्र १४, बिहिबार

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले पक्राउ गरेको छ ।
विद्युतीय चुरोट मार्फत सुन तस्करी गरेको आरोपमा महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई सीआइबीले हिजो नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौँमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको छ ।
उनलाई संगठित अपराध र अवैध सुन चोरी पैठारीको कसूरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको सीआईबीका एसपी नवराज अधिकारीले बताए ।
गत वर्ष पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको सम्पर्क देखिएको थियो ।
सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क पुष्टि भएको छ । सीआइबीको अनुसन्न्धानले महराका बाउछोरा नै सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ भएको किटान गरेको छ ।
Categorized in अपराध