धरानमा सांसदहरुलाई निषेध गर्ने राईको चेतावनि
SamacharDesk – बिराज | २०८० बैशाख ४, सोमबार

धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङ राईले यस पालिको बजेटमा कोशीको पानी ल्याउने कार्यक्रम नपरे सांसदहरुलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् ।
सामाजिक संजालमा स्टाटस अपडेट गर्दै उपमहानगरपालिका राईले यस्तो चेतावनी दिएका हुन् । तीनकुनेमा फोटोसहितको बोर्ड राखेर सांसदहरुलाई धरानमा निषेध गर्ने समेत राईले बताएका छन् ।
‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरुलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुनेमै बोर्ड राखिनेछ फोटो सहितको !’ राईले सामाजिक संजालको आफ्नो भित्तामा लेखेका छन् ।
सोही स्टाटसमार्फत राईले आफु धरान उपमहानगरपालिकाको नगर प्रमुुख हो भनेर नभुल्न पनि भनेका छन् ।
राईको यस स्टाटसमा धेरैले समर्थन जनाएका छन् । हाल उनको यो स्टाटसमा लाइक गर्नेको संख्या ५२ हजार माथि रहेको छ भने एक हजार बढिले शेयर गरिसकेका छन् ।
त्यसैगरी कमेन्ट गर्नेको संख्या साढे ६ हजार बढि रहेको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाहसमेतले उनको यो निर्णयमा समर्थन जनाएका छन् । काठमाडौं महानगर प्रमुख शाहको समर्थनको लागि राईले कृतज्ञता पनि व्यक्त गरिसकेका छन् ।
Categorized in स्थानीय