arin enterprises

आज दिनभर मौसम बदली भई छिटफुट वर्षा हुने

SamacharDesk | २०८० फाल्गुण २०, आइतबार

आज देशैभर मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने विभागले जनाएको छ । आज विहानैदेखि देशैभर मौसम बदली भई छिटफुट वर्षा भइरहेको छ । काठमाडौंमा पनि आज विहानै सिमसि पानी परिरहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम बर्षा र बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Categorized in राष्ट्रिय