न्हूदँ समारोह समितिको अध्यक्षमा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ नियुक्त
SamacharDesk | २०८१ कार्तिक ३, शनिबार

नेपाल संवत ११४५, नयाँ वर्ष समारोह समितिमा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ अध्यक्ष चुनिएका छन्।
शुक्रबार न्हूदँ ११४४ समारोह समितिका अध्यक्ष प्रा डा नरेशमान बज्राचार्यको सभापतित्वमा बसेको बैठकले पूर्वमन्त्री एवं नेवाः अभियानकर्मी श्रेष्ठलाई सर्वसम्मतिबाट अध्यक्षमा चुनेका हुन् ।
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विगत लामो समयदेखि सक्रिय रहि आएका उनी नेपाली समाजमाझ बौद्धिक व्यक्तित्वको रुपमा परिचित छन् ।
संविधानसभाबाट समावेशी संविधान निर्माण गर्ने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी हाल जनता समाजवादी पार्टीका अध्यक्ष हुन्।
उक्त बैठकमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, दिलीप महर्जन, शैलेन्द्रमान बज्राचार्य, निरञ्जनरत्न शाक्य लगायत थुपै्र भाषिक तथा साहित्यिक व्यक्तित्वहरुको उपस्थिति थियो ।
बैठकले नव वर्ष नेपाल संवत् ११४५ देशभर विविध कार्यक्रम गरी मनाउन ७२ सदस्यीय मूल समारोह समिति गठन गर्नाका साथै देैनिन्दिनका कार्य सञ्चालनका लागि १७ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।
यस अतिरिक्त बैठकले न्हूदँ मनाउने कार्यलाई थप व्यवस्थित र वैधानिक बनाउन संस्था दर्ता गरी संस्थागत रुपमै अघि बढ्ने निर्णय पनि गरेको छ ।
Categorized in समाज