arin enterprises

राजुको ‘संगीतसँग यात्रा’ सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ ८, सोमबार

संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार गरेको अवसरमा काठमाडौंमा ‘संगीतसँग यात्रा’ कायर्मक्रम सम्पन्न भएको छ ।

रेशराज प्रोडक्शन प्रा.लि.ले गत शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कला क्षेत्रका विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएका थियो ।

वरिष्ठ कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, निर्देशक, निर्माता तथा लेखक मोहन निरौलाले सम्मानित व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरे ।

सम्मानित हुने कलाकारहरूमा वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ साउण्ड डिजाइनर दीप रत्न तुलाधर, नायक, निर्माता तथा निर्देशक नवल खड्का, वरिष्ठ गीत तथा कथाकार मीन सागर लामा लगायत रहेका छन् ।

साथमा वरिष्ठ संगीतकार आभाष फुयाँल, वरिष्ठ गायक, संगीत संयोजक तथा संगीतकार पवन वाङ लामा, वरिष्ठ वाद्यवादक भरत बुढाथोकी, वरिष्ठ गीतकार दुर्गा लामा, गायक पञ्चमान तामाङ (शैलाब वाईवा), गायक उत्सव सुब्बा लामा र गायक मरिचमान तामाङलगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कलाकर्मी मोहन निरौलाले गीत संगीतलाई महत्व र मान्यता दिन सकिएमा संगीतको स्तर बढ्दै जाने र अन्ततः देशलाई नै फाइदा पुग्नेमा जोड दिए ।

‘चलचित्रका नायकहरू आउँछन्, एकदुई वर्षमै गायब हुन्छन् तर गीत संगीतका नायकहरू भने सदा जनतामा छाइरहन्छन्’ आफ्नो भनाई राख्दै कलाकर्मी मोहन निरौलाले भने ।

कार्यक्रममा चलचित्र ‘उस्ताद जी’ को टे«लर पनि सार्वजनिक गरिएको थियो ।

Categorized in पेजथ्री
SKIP THIS maharjan complex bumper adv