arin enterprises

रक्तचन्दनसहित ८ पक्राउ

SamacharDesk | २०८० आश्विन १४, आइतबार

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु प्रहरीले ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको हो ।

कपिलवस्तुका प्रहरीका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

Categorized in अपराध