नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले
SamacharDesk | २०८० श्रावण ४, बिहिबार

नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले निर्विरोध चयन भएको छ । संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता अवालेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
पोखरामा सम्पन्न साधारण सभाले अवालेको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन गर्यो ।
वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी रहेका छन् ।
त्यस्तै महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु रहेका छन् ।
सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिएका छन् ।
Categorized in स्पाेर्ट्स