arin enterprises

'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ

SamacharDesk | २०८० पौष २४, मंगलबार

'लिटिल बुद्ध' को उपमा पाएका विवादित पृष्ठभूमिका रामबहादुर बम्जन पक्राउ परेका छन् ।

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको छ ।

सिआइबीका अनुसार विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो ।

बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । पछिल्लो समय भने उनले सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।

आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए ।

लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले पटक(पटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो ।

Categorized in अपराध