arin enterprises

सेभिल्ला फर्के रामोस

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १९, मंगलबार

स्पेनिस् डिफेन्डर सर्जियो रामोस लालिगा क्लब सेभिल्लामा फर्किएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेपछि बजारमा निशुल्क उपलब्ध रामोसले सेभिल्लासँग एक वर्षको सम्झौता गरेका हुन् ।

सेभिल्ला उनको बाल्यकालको क्लब हो । उनी ७ वर्षको उमेर मै सेभिल्लाको एकेडेमीमा आबद्ध भएका थिए । ५० बढि खेलमा सेभिल्लाको प्रतिनिधित्व गरेका रामोस सन् २००५ मा रियल म्याड्रिडमा आबद्ध भएका थिए ।

रामोसले रियलमा १६ सिजन बिताउँदै ६ सय ७१ क्याप खेलेका छन् । यस दैरान उनले रियलवाट २२ उपाधि समेत जितेका छन् । जसमा चार च्याम्पियन्स लिगको उपाधि सामेल छ ।

यस्तै उनले स्पेनबाट विश्वकप र युरो कप जितेका छन् भने १६ वर्षको समयमा स्पेनबाट १ सय ८० क्याप जितेका छन् ।

रियलसँगको सम्झौता सकिएपछि उनी सन् २०२१ मा पीएसजीमा आबद्ध भएका थिए । उनले दुई सिजन पीएसजीमा बिताए ।

पीएसजीमा लिग उपाधि जितेका रामोसलाई युरोपका ठुला क्लब सहित साउदी क्लबको समेत मोटो रकमको प्रस्ताव थियो ।

तर उनले बाल्यकालको क्लबमा फर्किने निर्णय लिएका हुन् ।

सेभिल्ला स्पेनिस लिगको पुछारमा रहेको क्लब भएपनि ठुला प्रस्तावहरुलाई लत्याउँदै बाल्यकालको क्लब फर्किने निर्णय लिएका हुन् । 

Categorized in स्पाेर्ट्स