रामोसले रियल म्याड्रिड छाडे
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ३, बिहिबार

स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् ।
रियलले बुधबार कप्तान रामोसले क्लब छाडेको पुष्टि गरेको छ । बिहीबार रियलले पत्रकार सम्मेलन गर्दै रामोसको विदाई गर्ने समेत जनाएको छ ।
३५ वर्षीय रामोसले १६ वर्ष बसेर रियल छाडेका हुन् । उनको र रियलबीचको सम्झौता यहि जुनको अन्त्यबाट सकिँदैछ । उनी सन् २००५ मा सेभियाबाट रियलमा आबद्ध भएका थिए ।
सन् २०१६ देखि २०१८ सम्ममा रियलले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा रामोसले टिमको कप्तानी गरेका थिए ।
सेन्टर ब्याक रामोसले रियलबाट ६७१ खेल खेल्दा १०१ गोल र ४० असिस्ट गरेका छन् ।
रियलबाट उनले ५ पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
यस्तै फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४–४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् भने कोपा डेल रे दुई पटक जितेका छन् ।
Categorized in स्पाेर्ट्स