arin enterprises

रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १०, शुक्रबार

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंग्लोर सान्दार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

गयरातिको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा उक्लिएको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्यलाई बैंग्लोरले १६.३ ओभरमा बिना कुनै विकेट गुमाई पार गरे ।

बैंग्लोरका लागि देवदत्त पाडिक्कलले शतकीय पारी खेले । उनले ५२ बल खेलेका उनले ११ चौका र ६ छक्कासहित अविजित १०१ रन बनाए ।

कप्तान विराट कोहलीले ४७ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै नटआउट ७२ रन बनाए ।

त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

राजस्थानका लागि शिवम दुबेले ३२ बलमा पाँच चौका र दुई छक्का सहित ४६ रन र राहुल तेवटियाले २३ बलमा चार चौका र २ छक्का सहित ४० रन बनाए ।

त्यस्तै रियान परागले २५, सन्जु सामसनले २१ र क्रिस मोरिसले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा बैंग्लोरका लागि हर्षल पटेल, मोहम्मद सिराजले ३–३ विकेट लिए भने कायल जेमिसन, केन रिचडर्सन र वासिङ्टन सुन्दरले १–१ विकेट लिए ।

यो जितसँगै बैंग्लोर ४ खेलमा ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै राजस्थानले ४ खेलबाट २अंकले आठौँ स्थानमा छ ।।

 

Categorized in स्पाेर्ट्स