arin enterprises

रियल र म्यानसिटि क्वाटरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २४, बिहिबार

स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लीस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  रियलले जर्मन क्लब आरबी आईपेजिगलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

बुधबार सेन्टियागो बर्नब्युमा भएको खेलमा रियलले आरबी आईपेजिगसँग १–१ गोलको बराबरी खेल्यो ।

पहिलो लेगमा १–०ले जित निकालेको रियलले समग्रमा २–१ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गर्यो ।

खेलमा अग्रता घरेलु टोलीले ६५ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा लिएको थियो । विली अर्वानले ६८ औं मिनेटमा पाहुना टिमका लागि बराबरी गोल फर्काएका थिए ।

योसँगै रियल पछिल्ला १४ सिजन मध्य १२ पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्न सफल भएको छ ।

त्यस्तै बुधबार नै भएको च्याम्पियन्स लिग अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले डेनिस क्लब एफसी कोपनहेगनलाई हराएको छ ।

इथिहाड स्टेडियममा भएको दोस्रो लेगको खेलमा सिटिले कोपनहेगनलाई ३–१ ले हरायो । सिटीले सबै गोल पहिलो हाफमै गरे ।

घरेलु टोलीलाई जिताउन मेनुअल अकान्जी, जुलियर अल्भारेज र हालान्डले गोल गरे ।

कोपनहेगनका मोहम्मद एलियुनुसीले एक गोल फर्काएका थिए ।

योसँगै पहिलो लेगमा पनि ३–१ ले जित निकालेको सिटिले समग्रमा ६–२ को नतिजा सहित क्वार्टरफाइनल प्रवेश गर्यो ।

क्वार्टरफाइनलको खेलहरुको ड्र मार्च १५ मा हुनेछ ।

Categorized in स्पाेर्ट्स
SKIP THIS buddhan jayanti 2082