रियलले चेल्सीलाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र ३०, बिहिबार

च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले इंग्लिस क्लब चेल्सीलाई २–० गोलले हराएको हो ।
घरेलु मैदानमा रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे । खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए ।
खेलको ५९ औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो । डिफेन्डर बेन चिलवेलले रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा समेटिएको हो ।
पाहुना टोलीलाई लगातार दबाबमा राखी ७४ औं मिनेटमा एसेन्सियोले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो ।
खेलको बाँकि समयमा अरु गोल हुन नसक्दा खेल रियलले २–० ले आफ्नो पोल्टामा पारे ।
दुई टोलीबीचको दोस्रो लेगको अप्रिल १९ मा हुनेछ ।
जुन खेल चेल्सीको मैदानमा हुनेछ ।
Categorized in स्पाेर्ट्स