arin enterprises

रियलले सेभियालाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १४, आइतबार

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेभियालाई हराएको छ । रियलले एक गोलको अग्रता उल्टाएर १० खेलाडीमा समेटिएको सेभियालाई  सेभियालाई २–१ ले हराएको हो ।

सेभियामको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर, २९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले २–१ को अग्रता लिए ।

८३ औं मिनेटमा मार्कुस अकुनाले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

यो जितसँगै रियलले ३७ खेलमा ७७ अंक जोड्डै दोस्रो स्थानमा छ । सेभिया ४९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स