रियललाई शीर्ष स्थानमा ७ अंकको अग्रता
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २८, सोमबार

लालीगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ । आईतबार भएको खेलमा रियलले सेल्टा भियोलाई हराउँदै नजिक पुगेको हो ।
आईतबार घरेलु मैदानमा रियलले सेल्टा भिगोलाई ४–० गोलले हरा रियल उपाधिको नजिक पुगेको हो ।
खेलमा रियललाई अग्रता भिनिसियस जुनियरले २१ औं मिनेटमा दिलाएका थिए ।
दोस्रो हाफमा रियलले उपहार स्वरुप दुई गोल पाए । एन्टोनियो रुडिगरको हेड प्रहार बारमा लागेर फर्किएको थियो । बारमा लागेर फर्किएको बल गुइतालाई लाग्दै पोस्टको दिशा लिएको थियो ।
खेल सकिन दुई मिनेट अघि बल क्लियर गर्ने प्रयासमा कार्लोस डोमिन्गुएजले आत्मघाति गोल गरेपछि रियलको अग्रता ३–० रह्यो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको आरदा गुलेरले दोस्रो हाफको अरिरिक्त समयमा गोल गर्दै रियललाई ४–० को शानदार जित दिलाए ।
शीर्ष स्थानमा रियलको ६९ अंक भएको छ । दोस्रो स्थानको जिरोनाको ६२ अंक छ ।
पराजित सेल्टा भिगो २४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।
Categorized in स्पाेर्ट्स