रियल म्याड्रिड र म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २, बिहिबार

स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी पनि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् ।
बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा रियल र इंग्लिस क्लब लिभरपुलले गोलरहित बराबरी खेले ।
पहिलो लेगमा ३–१ गोलमा विजयी भएको रियल समग्रमा पनि ३–१ ले अग्रता लिँदै सेमिफाइनलमा पुगेको हो ।
यस्तै म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई समग्रमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान बनायो ।
पहिलो लेगमा २–१ गोलले विजयी भएको सिटीले दोस्रो लेगमा पनि २–१ गोलले नै विजय भयो ।
खेलको १५ मिनेटमा बेलिङघमले गोल गरेर डर्टमुन्डलाई अग्रता दिलाएका थिए ।
तर सिटीका महारेजले ५५ मिनेटमा पेनाल्टीमा र फोडेनले ७५ मिनेटमा गोल गरेपछि सिटिले खेल आफ्नो पोल्टामा पारे । यससँगै च्याम्पियन्स लिगको अन्तिम चारको समिकरण पूरा भएको छ ।
सेमिफाइनलमा अब पिएसजी विरुद्ध म्यानचेस्टर सिटी र रियल म्याड्रिड विरुद्ध चेल्सीको खेल हुनेछ ।
सेमिफाइनलको पहिलो लेग अप्रिल २७ र दोस्रो लेग ४ मेमा हुनेछ ।
Categorized in स्पाेर्ट्स
