arin enterprises

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २, बिहिबार

स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रियलले इंग्लिस क्लब लिभरपुललाई समग्रमा ६–२ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

गएराति भएको दोस्रो लेगमा १–० को जित निकालेको रियलले पहिलो लेगमा रियलले ५–२ को सानदार जित निकालेको थियो ।

रियलको घरेलु सान्टियागो बर्नबेउमा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा रियललाई जिताउन कप्तान करिब बेन्जेमाले निर्णायक गोल गरे । उनले खेलको ७८औं मिनेटमा गोल गरेका थिए ।

खेलको बाकि समयमा अरु गोलमा कप्तान बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो ।

यो सँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।

क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ।

च्याम्पियन्स लिगको अन्तिम आठमा टोली

पोर्चुगिच क्लब–बेन्फिका

इंग्लिस क्लब –चेल्सी र म्यानचेस्टर सिटी

जर्मनी क्लब – बायर्न म्युनिख

इटाली क्लब – एसी मिलान, इन्टर मिलान र नापोली 

स्पेनिस क्लब – रियल म्याड्रिड 

Categorized in स्पाेर्ट्स