arin enterprises

चेल्सीलाई हराउँदै रियल सेमिफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ६, बुधबार

स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रियले इंग्लिस क्लब चेल्सीलाई समग्रमा ४–०ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियलसँग चेल्सी २–०ले पराजित भयो ।

लण्डनस्थित चेल्सीको मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

घरेलु टोलीलाई लगातार दबाबमा राखेको रियलको लागि ५८ औं मिनेटमा रोड्रिगोले पहिलो गोल गरे । ८० औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० ले अघि बढाए ।

खेलको बाकि समयमा अरु गोल नहुँदा खेल रियलको पोल्टामा परे ।

यसअघि पहिलो लेगमा रियलले चेल्सीलाई २–०ले नै हराएको थियो ।  

Categorized in स्पाेर्ट्स