arin enterprises

ला लिगामा रियल म्याड्रिडको सहज जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १०, आइतबार

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–० गोलले हराएको हो ।

रियलको जितमा मार्को एसेन्सियो र इडर मिलिटाओले एक एक गोल गरे ।

रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलको ४२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

मिलिटाओले ४८ औं मिनेटमा गोल गर्दै रियललाई २–० को जित दिलाए ।

यो जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानको रियलले ३० खेलमा ६५ अंक जोडेको छ ।

शीर्षस्थानको बार्सिलोनाको २९ खेलमा ७३ अंक छ ।

यस्तै सेल्टा ३६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स