रियल म्याड्रिडको सहज जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ११, बिहिबार

क्लब मैत्रिक खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले सहज जित हासिल गरेको छ ।
बिहिबार भएको खेलमा रियलले प्रेमियर लिग क्लब म्यानचेस्टर युनाईटेडलाई २–० ले पराजित गरेको हो ।
अमेरिकाको एनआरजी स्टेडियममा भएको खेलको छैटौं मिनेटमा जुड बेलिंगहमले गोल गर्दै रियललाई अग्रता दिलाए ।
यो बेलिंगहमको क्लबका लागि पहिलो गोल हो । बोरुसिया डर्टमण्डबाट ८८ मिलियन पाउण्डमा रियल आएका बेलिंगहमले नयाँ क्लबमा आफ्नो खाता खोल्न भने सफल रहे ।
जोसेलुले खेलको ८९औं मिनेटमा अर्को गोल थप्दै रियललाई सहज जित दिलाए ।
Categorized in स्पाेर्ट्स