रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २६, बिहिबार

रियल म्याड्रिडले स्पेनिस सुपर कपमा फाइनलमा प्रवेश गरेको छ । बुधबार रियलले आफ्नो शहरी प्रतिद्धन्दी एट्लेटिको म्याड्रिडमाथि ५–३ को जित निकालेको हो ।
साउदी अरबमा भएको खेलको निर्धारित ९० औं मिनेटको समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा दुई गोल गर्दै रियल प्रतियोगिताको फाइनल पुगेको हो ।
खेलमा अग्रता एट्लेटिकोले मारियो हर्मोसाको गोलमा लिएको थियो । एन्टोनी रुडिगरले हेडमार्फतनै खेल बराबरीमा ल्याएका थिए । फेरलेन्ड मेन्डीले रियललाई पुन खेलमा अग्रता दिलाएका थिए ।
पहिलो हाफ सकिन तीन मिनेटअघि एन्टोनी ग्रिजम्यानले कीर्तिमानी गोल गर्दै खेललाई बराबरीमा ल्याए । ग्रिजम्यानले एट्लेटिकोका लागि कीर्तिमानी १ सय ७४ गोल गरेका छन् ।
दोस्रो हाफमा रियलका रुडिगरको आत्मघाति गोलमा एट्लेटिकोले खेलमा ३–२को अग्रता लिएको थियो ।
खेल सकिन ५ मिनेटअघि कार्भाजलले गोल गर्दै खेलमा अतिरिक्त समयमा धकेलेका थिए ।
अतिरिक्त समयमा स्टिफन सेविकको आत्मघाति गोल र ब्राहिम डियाजले गोल गर्दै रियल फाइनल पुगेको हो ।
रियलले उपाधिका लागि बार्सिलोना वा ओसासुनासँग खेल्नेछ ।
आज हुने दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुना खेल्दैछन् ।
Categorized in स्पाेर्ट्स