arin enterprises

रियल म्याड्रिड सुपरकपको फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ पौष २९, बिहिबार

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनालाई हराउँदै रियल सुपर कपको फाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रियलले बार्सालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा अग्रता रियलले नै लिएको थियो । २५ औं मिनेटमा भिनिसियस जुनियरले टिमलाई पहिलो गोल दिँदै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए ।

४१ औं मिनेटमा बार्सिलोनाका लि डी जोङले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए । दोस्रो हाफको ७२ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल फेरी २–१ ले अगाडी बढेको थियो ।

तर खेल सकिन ७ मिनेट अघि अंशु फातीले फेरी बार्सिलोनाका लागि गोल थप्दै खेल २–२ को बराबरीमा फर्काए । तर फेडरिको भाल्भर्डेले खेलको निकै अन्तिम समयतिर पुगेर इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै रियललाई ३–२ को नतिजासहि जित दिलाए ।

अब रियलले फाइनलमा एट्लेटिको म्याड्रिड र एट्लेटिको बिल्बाओबीचको विजेतसँग उपाधीको लागि प्रतिस्पर्धा गर्नेछ ।

उपाधी भिडन्त आउँदो आइतबार रियादमा हुन गइरहेको छ । एट्लेटिको म्याड्रिड र एट्लेटिको बिल्बाओबीचको दोस्रो सेमिफाईनल खेल भने विहिबार हुँदैछ ।

Categorized in स्पाेर्ट्स