arin enterprises

रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३१, शुक्रबार

स्पेनिस ला लिगामा रियल म्याड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–१ गोलले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

रियललाई जित दिलाउन खेलको १७ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

७१ औं मिनेटमा जोर्गेले एक गोल फर्काउँदै ग्रानडालाई २–१ को स्थितिमा ल्याए ।

७५ औं मिनेटमा अल्भारोले र ७६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।

यस जितसँगै रियलले उपाधिको होड जीविततै राखेको छ । उसले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी दुईमा झारेको छ ।

रियलले ३६ खेलमा ७८ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ८० अंक रहेको छ । ग्रानडा ४५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स