शीर्ष स्थानमा रियल म्याड्रिडको पुनरागमन
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १४, आइतबार

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार लास पासमासमाथि पुनरागमन जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
लास पासमासको घरेलु मैदानमा रियल २–१ ले विजय भयो ।
खेलको ५३ औं मिनेटमा मुनोजले गोल गरेर पासमासलाई अग्रता दिलाएका थिए ।
तर रियलका लागि भिनिसियस जुनियरले ६५ औं मिनेटमा बराबरी गोल गर्दा चुआमेनीले ८४ मिनेटमा विजयी गोल गरे ।
यस्तै यता बार्सिलोना भने पराजित भएको छ । बार्सिलोनालाई भिल्लारियलले ५–३ गोलले पराजित गरेको हो ।
अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको रियलले २१ खेलबाट ५४ अंक जोडेको छ ।
दोस्रो स्थानको जिरोनाको ५२ अंक छ । बार्सिलोना ४४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स