arin enterprises

रियल स्पेनिस सुपर कपको फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष २९, शुक्रबार

भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सक्केपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा रियलका करिम बेन्जिमा, टोनी क्रुस,लुका मोड्रिच र मार्को एसेन्सियोले गोल गरे ।

भ्यालेन्सियाका एडिन्सन काभानी, मोरिबा र हुगो गुइलामोनले गोल गरे भने जोसे गाया र एरे कोमेर्टले पेनाल्टी गोल गर्न असफल भए ।

त्यसअघि खेलको ३९ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । भ्यालेन्सियाका स्यामुएल लिनोले ४६ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ । रियल बेटिस र बार्सिलोनाले बिहीबार राति प्रतिस्पर्धा गर्दैछन् ।

Categorized in स्पाेर्ट्स