arin enterprises

रियल म्याड्रिडको अपराजित यात्रा कायमै

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १, सोमबार

स्पेनिस लिगमा रियल म्याड्रिडले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आईतबार राति रियलले रियल सोसिडाडविरुद्ध २–१ को जित निकालेको हो ।

रियलको घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा एन्डर बारेनाट्याक्सियाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएको थियो ।

फेदेरिको भाल्भेर्देले दोस्रो हाफको सुरुवातमै गोल गर्दै घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

६० औं मिनेटमा जोसुलुले  गोल गर्दै रियललाई जित दिलाए । उनले फरान गार्सियाको क्रसलाई सदुपयोग गर्दै रियलका लागि विजयी गोल गरेका थिए ।

यो जितसँगै रियल म्याड्रिडले ५ खेलबाट १५ अंक जोड्डै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै सोसिडाड ६ अंक सहित ११ औं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स