arin enterprises

रियल म्याड्रिडको पुनरागमन बराबरी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २०, आइतबार

स्पेनिस लालिगामा रियल म्याड्रिडले बराबरी खेलेको छ । आईतबार लिग लिडर रियलले भ्यालेन्सियासँग २–२ गोलको पूनरागमण बराबरी खेल्दै अंक बाँडेको हो ।

रियलको लागि दुवै गोल जुनियर भिनिसियसले उनले पहिलो हाफको अतिरिक्त समय र ७६ औं मिनेटमा गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए । खेलमा अग्रता भने घरेलु टोली भ्यालेन्सियाले २७ औं मिनेटमा ह्युगो डूरोको गोलमा लिएको थियो ।

३० औं मिनेटमा रोमन येरेमचुकले  घरेलु टोलीको अग्रतालाई दोब्बर बनाउने काम गरेका थिए । तर, खेलको अन्तिम मिनेटमा भने जुड बेलिंघमले रियलका लागि गोल गरेका थिए ।

तर रेफ्रीले उनको गोललाई मान्यता नदिएपछि बेलिंघमले रेफ्रीको निर्णयमा आपत्ति जनाउँदै विवाद गरेका थिए । त्यसपछि रेफ्रीले उनलाई रातो कार्ड देखाए ।

थपिएको अतिरिक्त समयभित्र गोल भएको बेलिङघमले मानेका थिए । तर रेफ्री गिल मन्जानोले क्रस पहिलेनै खेल समाप्त भएको सिटी बजाएका थिए ।

रियलका खेलाडीहरुले रेफ्रीसँग गएर विवाद गरेका थिए ।

रियल ६६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको जिरोनाको ५९ अंक छ भने बार्सीलोना ५७ अंक सहित तेस्रो स्थानमा छ ।

भ्यालेन्सिया ३७ अंक सहित तालिकाको नवौं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स