बेन्जिमाको ह्याट्रिकसँगै रियल विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १७, आइतबार

स्पेनिस ला लिगामा बेन्जिमाको ह्याट्रिकसँगै रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ गोलले हराएको हो ।
रियलको मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जिमाले तिन गोल गरे । खेलको पाँचौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
१७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । पेनाल्टीमार्फत ४२ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दा रियलको अग्रता तेब्बर बन्यो ।
पहिलो हाफको इन्जुरी समयमा लाजारोले गोल गर्दै अल्मेरियालाई ३–१ को स्थितिमा ल्याए ।
४७ औं मिनेटमा रोड्रिगोले गोल गर्दा रियल४–१ ले अघि रह्यो । त्यसपछि खेलको ६१ औं मिनेटमा अल्मेरियाका लुकासले गोल गर्दै अल्मेरियालाई खेलमा फर्काउन खोजे पनि रियल ४–२ ले विजयी भयो ।
यो जितसँगै रियलले ३२ खेलमा ६८ अंक जोड्डै दोस्रो स्थानमा रहेको छ ।
यस्तै अल्मेरिया ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स