arin enterprises

रियालद्वाारा भ्यालेन्सीया पराजित

SamacharDesk | २०७९ माघ २०, शुक्रबार

स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले भ्यालेन्सीयालाई २–० ले हराएको छ ।

आफ्नै मैदानमा गएराति भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे ।

जितसँगै रियाल मड्रिडले लिग तालिकामा शिर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाएको छ ।

लिगमा बार्सिलोनाको १९ खेलबाट ५० अंक छ भने रियाल मड्रिडको ४५ अंक भएको छ ।

३९ अंकसहित रियाल सोसिडाड तेस्रो स्थानमा रहेको छ । 

Categorized in स्पाेर्ट्स