arin enterprises

युएफा सुपर कप फुटबलको उपाधि रियालले जित्यो

SamacharDesk – Aakash Rajopadhyaya | २०७९ श्रावण २६, बिहिबार

यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियाल मड्रिडले जितेको छ ।

फिनल्याण्डको हेल्सीन्कीमा गएराति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रयाङ्कफर्टलाई २–० ले पराजित गर्दै रियाल मड्रिडले सुपर कप जितेको हो ।

खेलमा रियाल मड्रिडलाई विजयी गराउन डेभिड अलाबा र करिम बेन्जमाले एक एक गोल गरे । गत मे महिनामा लिभरपुललाई हराउँदै युएफा च्याम्पियन्स लिग जितेको रियाल मड्रिडले गएरातीको खेलमा युरोपा लिग च्याम्पियन फ्रयाङ्कफर्टलाई हराउन खासै कडा परिश्रम गर्नुपरेन ।

यो खेलमा गोल गरेका फ्रेन्च स्ट्राइकर बेन्जमाले यस वर्षको ‘बालोन डे ओर’ उपाधिमा बलियो दावेदारी पेस गरेका छन् ।

Categorized in स्पाेर्ट्स