रियल म्याड्रिड सेभियासाग बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २७, सोमबार

स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड सेभियासँग बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियलले सेभियासँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलको २२ मिनेटमा रेगेसले गोल गरेर सेभियालाई अग्रता दिलाए । रियलका असेन्सियोले ६७ मिनेटमा बराबरी गोल फर्काए ।
७८ मिनेटमा सेभियाले पाएको पेनाल्टीलाई राकिटिचले गोल गर्दै सेभिया २–१ गोलले अघि रहेको थियो ।
त्यस्तै दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा एडन हजार्डले गोल गर्दै बराबरमिा ल्याए ।
यो बराबरीसँगै उपाधि होडमा रहेको रियलले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।
रियलको ३५ खेलवाट ७५ अंकसँगै दोस्रो स्थानमा छ भने चौथो स्थानको सेभियाको ७१ अंक रहेको छ ।
यस्तै बार्सिलोना पनि ७५ अंक जोडेर तेस्रो स्थानमा छ। शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ ।
Categorized in स्पाेर्ट्स