arin enterprises

निको हुनेहरु ५० प्रतिशत नाघ्यो

SamacharDesk – विकाश | २०७७ आषाढ २८, आइतबार

पछिल्लो समय नेपालमा कोभिड १९ का नयाँ संक्रमितको संख्या घट्दै गइरहेको छ भने निको हुनेको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अध्यावधिक गरेको कोरोना संक्रमणको पछिल्लो तथ्याङ्क अनुसार नयाँ संक्रमित ७० जना मात्र थप भए भने निको हुनेको संख्या ४ सय ३१ रहेको थियो ।

शनिबार साँझसम्मको तथ्याङ्क अनुसार ५० प्रतिशत बढि संक्रमित निको भइसकेका छन् । अहिलेसम्ममा ५०.५ प्रतिशत संक्रमितहरु निको भइसके ।

शनिबारसम्ममा १६ हजार ७ सय १९ जनालाई कोरोना संक्रमण भइसक्दा तीमध्ये ८ हजार ४ सय ४२ पुगेको छ । 

३८ जना संक्रमितको मृत्यु भइसक्दा ८ हजार २ सय ३९ जना संक्रमित आइसोलेसन कक्षमा उपचाररत छन् ।

अहिलेसम्मको तथ्याङ्क अनुसार कुल संख्यामा ४९.२७ प्रतिशत केसहरु सक्रिय छन् ।

नेपालमा संक्रमण नियन्त्रणमा आउँदै गरेको देखिँदा काठमाडौं उपत्यकामा भने संक्रमणको संख्या बढ्दै गइरहेको छ ।

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाभित्र दिनहुँ जसो नयाँ संक्रमण पुष्टि भइरहेका छन् ।

यस्तो अवस्थामा सबैले सतर्कता अपनाउनुपर्ने, सामाजिक दुरी, मास्क, पंजा, स्यानिटाइजर लगायतका सुरक्षाका उपायहरुमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिइरहेका छन् ।

Categorized in समाज