arin enterprises

रिजा शाक्य बनिन् मिस ललितपुर

SamacharDesk – बिराज | २०७९ मङ्सिर २, शुक्रबार

‘५ बर्षपछि तिमी आफूलाई कुन स्थानमा रहेको हेर्न चाहन्छौ ?’ निर्णायकको प्रश्न थियो ।

यस प्रश्नमा रिजा शाक्यले जवाफ दिइन् ‘आफू सफल ब्यवसायी एवं सामाजिक कार्यकर्ताका रुपमा कर्म गरिरहेको हुन्छु, मोडलका रुपमासमेत स्थापित हुनुका साथै अन्यलाई पनि सहभागी हुन प्रोत्साहित गरिरहेका हुन्छु ।’

यसै उत्तरसँगै रिजा मिस ललितपुर २०७९ को उपाधी जित्न सफल भइन् । आर.बि. क्राउन एन्ड म्यानेजमेन्टको आयोजनामा सम्पन्न प्रतिस्पर्धामा रिजाले प्रथम स्थान हासिल गर्दै मिस ललितपुर २०७९ को उपाधी हात पार्न सफल भएकी हुन् ।

प्रतियोगितामा अञ्जिला महर्जन द्वितीय, अनु लामा तृतीय तथा निराशा खाती चौथो स्थानमा पर्न सफल भए ।

कार्यक्रममा आयोजकका तर्फबाट रविन्द्र बज्राचार्यले प्रतिस्पर्धीहरुलाई पुरस्कृत गरेका थिए ।

निर्णायकमा कलाकार तथा संचारकर्मी सुरजवीर बज्राचार्य, शिक्षा क्षेत्रका ज्योति थापा तथा चलचित्र निर्देशक राजेशमान सिँह रहेका थिए ।

Categorized in पेजथ्री