अमेरीकाबाट रीमाको ‘निष्ठुरी नसम्झ’ सार्वजनिक
SamacharDesk – बिजयरत्न | २०७८ जेठ १२, बुधबार

अमेरिकाबाट गीतकार रीमा श्रेष्ठको नयाँ गीत ‘निस्ठुरी नसम्झ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक कर्ण वीरले गाउनुभएको गीतको म्यूजिक भिडियो अमेरीकाबाट सन्चालन भइरहेको युट्युब च्यानल ‘नौलो डिजिटल’ मार्फत गीत सार्वजनिक गरिएको हो ।
गीतमा दर्जनौं गीतमा संगीत भरी सक्नु भएका संगीतकार अम्बर तुमबापो सुब्बाको संगीत रहेको छ ।
जीवनको करीब तीन दशक अमेरिकामा बिताएकी रीमा हाल ‘अधुरो सपना’ नामक गिती एल्बम बजारमा ल्याउने योजनामा छिन् ।
पेशाले आई. टि. म्यानेजमेन्टमा रहेकी रीमा नेपाली सांगितिक क्षेत्रमा आफुले पनि केही योगदान दिने विचार लिएर गीतकारको रुपमा अघि बढेको बताउँछिन् ।
एलेन मगरको छायांकन रहेको म्युजिक भिडियोलाई निर्देशक एकान्त मगरले निर्देशन गर्नु भएको छ । म्युजिक भिडियोमा गायक कर्ण वीर स्वयम् र मनिषा कार्कीले मोडलको रुपमा अभिनय गरेका छन् ।
Categorized in पेजथ्री