‘रोर अफ थन्डर’ रिभाको निधन
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ ९, मंगलबार

इटालीका कीर्तिमानी गोलकर्ता तथा पूर्व क्याग्लियारी फरवार्ड लुइगी ‘गिगी’ रिभाको निधन भएको छ । रिभाको हृदयाघातवाट मृत्यु भएको हो ।
७९ बर्षिय खेलाडिलाई हृदयाघात भएपछि सार्डिनियाको राजधानीको अस्पतालमा भर्ना गरिएको थियो ।
रिभाको निधनले इटालिनय फुटबल शोकमा रहेको इटालियन फुटबल महासंघका अध्यक्ष गब्रिएल ग्राभिनाले बताए ।
‘उनको निधनले इटालियन फुटबल शोकमा छ । उनी एक महान व्यक्तित्वसँगै महान फुटबलर पनि हुन् ’ अध्यक्ष ग्राभिनाले बताए छ ।
यस्तै सोमबार साउदी अरेबियाको रियादमा नापोली र इन्टर मिलानबीचको इटालियन सुपर कप फाइनलको दोस्रो हाफ सुरु हुनुअघि उनको मृत्युको खबर पाएपछि एक मिनेटको लागि मौन धारण पनि गरेको थियो ।
‘रोर अफ थन्डर’ उपनामले चिनिएका रिभाले इटालिका लागि ४२ खेल खेल्दै ३५ गोल गरेका छन् ।
यसवाटै उनले इटालीका राष्ट्रिय टोलीको लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए । जुन हालसम्म पनि इटालीको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उनकै कीर्तिमान कायम छ ।
रिभाले सन् १९६८ को युरोपियन च्याम्पियनसिप जितेका थिए । साथै त्यसको दुई वर्षपछि विश्वकपको फाइनलमा पनि पुगेका थिए ।
उनको इटालीयन करियरमा दुईवटा गम्भीर चोटले बाधा पुर्याएको थियो, जसमा १९७० मा खुट्टामा चोट लागेको थियो ।
यस इन्जुरीका कारण काग्लियारीको दोस्रो लगातार लिग उपाधि जित्ने योजनालाई असफल पारेको थियो ।
Categorized in स्पाेर्ट्स