arin enterprises

बलात्कारको आरोपमा रोबिन्हो पक्राउ

SamacharDesk – आकाश राजोपाध्याय | २०८० चैत्र ९, शुक्रबार

बलात्कारको आरापमा ब्राजिलका पूर्वफुटबलर रोबिन्हो पक्राउ परेका छन् । उनी बिहीबार सान्तोस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् ।

सन् २०१३ मा मिलानको नाइट क्लबमा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको भन्दै दुई वर्षअघि नै इटालीको अदालतले उनलाई दोषी ठहर गदै नौ वर्षको जेल सजाय सुनाएको थियो ।

रोबिन्होलाई इटालीको अदालतले आफ्नै देशमा रहेर फैसला कार्यान्वयन गर्ने सुविधा दिएको थियो । त्यसयता उनलाई उनकै घरमै नजरबन्दमा राखियो ।

तर, बुधबार ब्राजिलको अदालतले उनलाई नजरबन्दमाको सट्टा जेलमा राख्न आदेश दिइयो ।

उक्त आदेशविरूद्ध रोबिन्होका वकिलहरुले सर्वोच्चमा अपिल गरेका थिए । तर, बिहीबार नै सर्वोच्च अदालतले उक्त मागलाई अस्वीकार गरेपछि रोबिन्हो पक्राउ परेका हुन् ।

Categorized in स्पाेर्ट्स