arin enterprises

रहिनन् रक एन्ड रोल क्वनी टीना टर्नर

SamacharDesk – बिराज | २०८० जेठ ११, बिहिबार

विश्व संगीत क्षेत्रमा ‘रक एन रोल क्वीन’ को नामले परिचित गायिका टीना टर्नरको मृत्यु भएको छ ।

८३ वर्षीय टर्नरको बुधबारका दिन ज्यूरिख नजिकै रहेको कुसनाच शहरस्थित उनकै निवासमा मृत्यु भएको हो ।

टर्नरको सामाजिक संजालमा पोस्ट गर्दै उनको मृत्यु पुष्टि गरिएको छ ।

उनी लामो समयदेखि विरामी पर्दै आएकी थिइन् ।

सन् २०१६ मा उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । फेरी २०१७ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । उनका श्रीमान इरविन बाखले उनलाई मृगौला दिएका थिए ।

टर्नरको जन्म २६ नोभेम्बर १९३९ मा अमेरिकाको ब्राउन्सविले, टेनेसीमा भएको थियो ।

उनलाई बाल्यावस्थादेखि नै गायनमा रूचि थियो ।

उनले गत शताब्दीको छैठौं दशकमा आफ्नो करीअरको शुरुवात गरेकी थिइन् ।

टर्नरले आफ्नो करिअरमा आठवाट ग्रामी पुरस्कार जितेकी छन् । साथमा उनलाई रक एन्ड रोल हल अफ फेममा पनि समावेश गरिएको छ ।

टर्नरको ‘द बेस्ट’, ‘वि डन्ट निड अनोडर हिरो’, ह्वाट्स लभ गट टु डु विड इट’, ‘एडिक्टेड टु लभ’ लगायतका थुप्रै गीतहरु चर्चित छन् । जेम्स बन्ड सिरिजको फिल्म गोल्डन आइको टाइटल ट्राएकमा पनि उनैले आवाज दिएकी थिइन् ।

उनलाई सर्वकालीन महान रिकर्डिंग कलाकारको रुपमा लिइन्छ ।

Categorized in पेजथ्री
SKIP THIS maharjan complex bumper adv