नासाद्वारा अहिलेसम्मको शक्तिशाली रकेट प्रक्षेपण
SamacharDesk | २०७९ कार्तिक ३०, बुधबार

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा अहिलेसम्मकै शक्तिशाली रकेट अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । नासाका लागि यो ऐतिहासिक क्षण हो ।
उक्त रकेट प्रक्षेपण गर्न तेस्रो प्रयासमा नासा सफल भएको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो । यो नासाको आर्टेमिस मिशनको एक हिस्सा हो, जसअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ ।
यो रकेटको पहिलो मिसन हो जसमा कुनै पनि अन्तरिक्ष यात्री सवार हुने छैन । तर यदि यो मिसन सफल भयो भने भविष्यमा अन्तरिक्ष यात्रीहरू यो रकेटमार्फत मिसनमा जान सक्नेछन् ।
रकेट प्रक्षेपण तथा अन्य प्रणालीहरु ठीक भएमा सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्ने नासाले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय